aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

नेशनल माइक्रोफाइनान्स साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
नेशनल माइक्रोफाइनान्स साधारण सभा आज

 काठमाडौं । नेशलन माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आज सातौ वार्षिक साधारण सभा गर्ने भएको छ । विहान १० बजे सभा बोलाईएको भएपनि अहिले सभा सुरु हुने तयारी भैरहेको कम्पनीले जानकारी दिएको हो । 

सभा क्रिक रिसोर्ट, धादिङमा हुन लागेको हो । सभाले प्रस्तावित २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै सर्वसाधारण तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । 

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गते देखि बुक क्लोज गरिएकोे छ । बुक क्लोजको आधारमा फागुन १३ गते सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस