aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्ज अघि बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्ज अघि बढ्दै

काठमाडौं । इभेष्टमेन्ट बैंक(एनआइबीएल) र हिमालयन बैंक (एचबीएल) एक अर्कामा मर्जका लागि धमाधम काम भइरहेको छ । एक अर्कामा मर्ज हुनका लागि आवश्यक पर्ने  ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट बोर्डमा छलफल भइरहेको बैंकहरुले जनाएका छन ।

इभेष्टमेन्ट बैंकले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट आफ्नो बोर्डबाट पारित गरिसकेको बैंकका एक सञ्चालकले बताए । त्यस्तै, हिमालयन बैंकको  ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट यहि सोमबार छलफल हुने बैंक सञ्चालक समितिका अध्यक्ष तुलसी प्रसाद गौतमले जानकारी दिए । 

अध्यक्ष गौतमले भने, 'सञ्चालक समितिको बैठकमा विषेश रुपमा छलफल डीडीए रिपोर्टमा हुने छ । त्यसपछि दुई बैंकबीचमा बैठक बसेर डीडीए आदनप्रदान गर्ने त्यसपछि सम्झौताको चरणमा पुग्ने हो ।' 

हिमालयन र इन्भेष्टमेन्ट बैंक मजैपछि पुँजी कोष जोड्दा ४६ अर्ब ८ करोड रुपैयाँ पुग्छ । एनआइबीएल पुँजीको कोष २९ अर्ब र एचबीएलको १७.८ अर्ब रहेको छ भने  २४ अर्ब ९२ करोडको चुक्ता पुँजी हुने भएको छ । हिमालय बैंकको चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड रुपैयाँ रहेको छ । 

प्रतिक्रिया दिनुहोस