aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

क्यूआर कोड विस्तारमा कुमारी बैंक 'एग्रेसिभ'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ चैत्र २०७७
क्यूआर कोड विस्तारमा कुमारी बैंक 'एग्रेसिभ'

काठमाडौं । डिजिटल भुक्तानीको सहज र  भरपर्दो माध्यम बन्दै गरेको क्यूआर कोड सेवा उपलब्ध गराउन कुमारी बैंक एग्रेसिप रुपमा अगाडि आइरहेको छ । कुमारी बैंकले अब देशैभरी क्यूआर कोडा विस्तारको अभियान सञ्चालन गरेको कुमार बैंकका डेपुटी सीईओ मनीष तिम्लिसिनाले बताए । 

काठमाडौंका तरकारी बजारदेखि धनगढी, कञ्चनपुरका मन्डी बजारसम्म अहिले नै हामीले क्यूआर कोड सञ्चालन गरिसकेका छौं तिम्लिसिनाले भने । धादिङको मलेखुलाई डिजिटल मलेखु बनाउने काम भोलि शुक्रबार शुरु हुने उनले बताए । त्यस्तै शनिबार चितवनको सौराहामा डिजिटल सौराहको थालनी गरिने र देशका अन्य विभिन्न स्थानमा पनि क्यूआर कोड विस्तार गर्ने योजना रहेको उनले बताए । 

शुक्रबार मलेखुमा राष्ट्रिय स्तरका कलाकारको संस्कृतिक कार्यक्रम सहित डिजिटल मलेखु बनाउने अभियान रहेको कुमारी बैंकका डिजिटल बैंकिंग प्रमुख अनिष ताम्राकारले जानकारी दिए । उनले भने, 'मलेखुका करिब एक सय वटा पसलमा क्यूआर कोड जडान गरिसकिएको छ शनिबार पर्यटकिय शहर चितवनको सौरहालाई पनि डिजिटल सौराह बनाउने अभियानमा हामी लागेका छौं ।' 

कुमारी बैंकले कञ्चनपुर,पोखरा लगायतका स्थानमा क्यूआर कोड जडान गरिसकेको उनले बताए । हालसम्म कुमारी बैंकको डिजिटल बैंकिंग प्रणालीमा  आठ हजार जना क्यूआर कोड ग्राहकहरु दर्ता भइसकेको उनले आर्थिकन्यूज डटकमलाई जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस