aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एन आई सी एशियाको कार्डमार्फत् मोबाइल फोन किन्दा छुट पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
एन आई सी एशियाको कार्डमार्फत् मोबाइल फोन किन्दा छुट पाइने

एन आई सी एशियाको कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुट पाइने भएको छ ।

एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५% वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछ ।

बैंकको मुलुकभर २ सय ८४ शाखा कार्यालयहरु, २ सय ९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस