
काठमाडौं । काठमाडौं महानगरपालिका-१० पुरानो बानेश्वरस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थाको घर्रामा रहेको करिब ९ लाख रूपैयाँ नगद र सोही घरको दोश्रो तलामा रहेको सजिलो जव सेन्टरबाट करिब ६० हजार रूपैयाँ बराबरको डिएसएलआर क्यामेरा गएराति चोरी भएको छ ।
सिरहा, धनगढीमाई नगरपालिका-१० बस्ने अनिल कुमार लामाको घरबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फुटाई कोठाभित्र दराजमा रहेको नगद १ लाख रूपैयाँ, ९ तोला सुन र १ केजी चाँदी बुधबार राति चोरी भएको छ ।
उक्त चोरीमा संलग्न सोही ठाउँ बस्ने १९ वर्षीय दिपक सदाय र सोही नगरपालिका-११ बस्ने १९ वर्षीय श्रीराम सदायलाई चोरी भएको ६ वटा चाँदीको सिक्का सहित प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस