aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आउँदै, विक्री प्रबन्धक नियुक्त

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको शेयरको  सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । 

सो नियुक्ति सम्बन्धी सम्झौता मिति २०७७ चैत्र ५ गते शुक्रबार जाल्पा  सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रधान कार्यालय सिमलाचौर पोखरामा सम्पन्न भयो ।  सम्झौतामा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  विमला योगी र प्रभुक्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर  गरेका छन । 

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कास्की जिल्लाको पोखरा महानगरपालिकाको  सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ ।  संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा थप ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई  साधारण शेयर निश्कासन गरेपश्चात चुक्ता पूँजी रु.१६ करोड हुनेछ । 
 

प्रतिक्रिया दिनुहोस