aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मिथिला लघुवित्तको लाभांश चैत २९ गते पारित हुदैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
मिथिला लघुवित्तको लाभांश चैत २९ गते पारित हुदैं

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल १२ दशमलव ६३ प्रतिशत लाभांश चैत २९ गते पारित गर्ने भएको छ । कम्पनीको चैत ७ गतेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव सहित विविध प्रस्ताव पारितका लागि उक्त दिन १२औं वार्षिक साधारण सभा बोलाएको हो । सभा होटल राजदरबार एण्ड नवरंग रिसोर्ट, जनकपुरधाममा विहान ११ बजे शुरु हुनेछ । 

कम्पनीको फागुन २३ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. १२ करोड १७ लाख ४० हजार रहेको छ । सोही पूँजीको आधारमा नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात साधारण सभाबाट पारित गरेपछि कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

लाभांशसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको कार्यक्रम पनि सभाका लागि तय भएको छ । 

अन्य कुनै एक भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुसँग प्राप्ती तथा मर्जर प्रयोजनको प्रकृया अघि बढाउँन आवश्यक भएमा दशौं वार्षिक साधारणसभाले दिएको सञ्चालकको अख्तियारीलाई निरन्तरता दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस