
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव गर्दै सभा बोलाएको हो ।
संस्थाको आफ्नै भवन लम्कीचुहा, कैलालीमा विहान ११ बजे सभा बोलाईएको हो । सभाले हकप्रद शेयर निष्कासनको प्रस्तावसँगै सञ्चालक समितिको भक्ता र सुविधा बृद्धि गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
हकप्रद पश्चात चुक्तापूँजी बृद्धि हुने हुदाँ सोही बमोजिम प्रवन्धपत्रका सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा कुनै विषय थपघट गर्न आवश्यक भएमा सोको जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साथै अन्य कुनै संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ती कार्यलाई निरन्तरता दिने र उपयुक्त संस्था खोजी लगाएतका सम्पूर्ण कार्यको अख्तियारी समेत सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस