aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

उपत्यका छिर्यो शाइन रेसुङ्गा बैंक, एकैदिन पाँच शाखा उद्धघाटन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ चैत्र २०७७
उपत्यका छिर्यो शाइन रेसुङ्गा बैंक, एकैदिन पाँच शाखा उद्धघाटन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले एकैदिन पाँच नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गाेंगबु र महाराजगञ्जमा नयाँ शाखा विस्तार गरेको हो ।

यसअघि शाइन रेसुङ्गा बैंकले लुम्बिनी प्रदेश केन्द्रित भएर कारोबार सञ्चालन गर्दै आएकोमा एक वर्ष अघि राष्ट्रियस्तरको विकास बैंक्को मान्यता पाएको थियो । राष्ट्रियस्तरको विकास बैंक बनेपति हालसम्म बैंकले काठमाडौं उपत्यकामा कुनै पनि शाखा सञ्चालन गरेको थिएन । अहिले भने बैंक्ले एकै पटक पाँच शाखा उद्धघाटन गरेर उपत्यकामा आफ्नो उपस्थिती देखाएको हो ।   

बैंकले बैंकले आइतबार एक कार्यक्रमको आयोजना गर्दै नयाँ शाखा विस्तार गरेको हो । २०६५ सालमा रुपन्देहीबाट शुरु भएको यस बैंकको हाल ८० शाखा रहेको छ । 

यस बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड तथा पुँजीकोष ६ अर्ब नजिक रहेको छ । बैंकसंग ४ लाख ग्राहक रहेको कार्यक्रममा जानकारी दिइएको छ ।  
 
 

प्रतिक्रिया दिनुहोस