aarthiknews.com विहीबार, २८ जेठ २०८३   Thursday, 11 June, 2026
 

बैंकिङ कसूरमा पूर्ण लामा पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०९ चैत्र २०७७
बैंकिङ कसूरमा पूर्ण लामा पक्राउ

काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–३० ठहिटी घर भई ललितपुर, ललितपुर महानगरपालिका–१५ नखिपोट बस्ने ४१ वर्षीय पूर्ण लामालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत पाटनको २०७७ मंसिर ७ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १५ दिन कैद र विगो बमोजिम २० लाख रुपैयाँ जरिवाना ठहर भएकोमा सजाय बेरुजू रही फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर जावलाखेलबाट पक्राउ गरेको हो । 

लेजर इन्फोटेक नेपाल प्रालि  नामक कम्पनीलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी सानिमा बैंक लिमिटेडमा रहेको लामाको बचत खाताबाट भुक्तान हुने गरी उक्त रकम बराबरको चेक काटी पीडितलाई दिएकोमा बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट उक्त सजाय हुने गरी फैसला भएको थियो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ  ।
 

प्रतिक्रिया दिनुहोस