
काठमाडौं । बोनस शेयर र एफपीओ जारी गर्ने प्रस्ताव गर्दै चैत ३१ गते छैठौं वार्षिक साधारण सभा बोलाएको छ । होटल पौवा भैरहवा, रुपन्देहीमा विहान १०ः३० बजे कम्पनीले सभा बोलाएको हो ।
कम्पनीले यस वर्ष १७ दशमलव ८१ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको फागुन २३ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको हाल कायम चुक्तापूँजी रू. १४ करोड ९५ लाख ३६ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो । उक्त बोनस पश्चात कायम शेयर स्वामित्वमा सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न रू. १ करोड ३७ लाख २८ हजार बराबरको एफपीओ जारी गर्ने प्रस्ताव समेत सभाका लागि तय भएको छ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्दै सभाले संस्थापक शेयरधनीहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनलाई अनुमोदन पनि गर्नेछ ।
भविश्यमा अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रयोजनका लागि आवश्यक सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साधारण सभाका लागि कम्पनीले चैत १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस