
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले चैत १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकबाट चैत ९ गते प्राप्तीका लागि अन्तिम स्वीकृति पाएपछि सिटिजन्स बैंकले एकीकृत कारोबारको लागि मिति तय गरेको हो ।
सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई १००ः९६ को अनुपातमा शेयर आदानप्रदान गर्ने गरी प्राप्ती गरेको हो । शेयर आदानप्रदान सम्झौता अनुसार तिनाउ मिसन डेभलपमेण्ट बैंकको शेयरधनीहरुले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९६ कित्ता शेयर प्राप्त गर्नेछन् ।
एकीकृत कारोबारका लागि दुबै बैंकले एउटै सफ्टवेयरसँग डाटा माइग्रेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेदेखि चैत १४ गतेसम्म सम्पूर्ण सेवा बन्द गर्ने जानकारी दिएका छन् । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. ११ अर्ब ६६ करोड पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस