
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौं स्थित अलिव कबाव सुलतानेट रेस्टुरेन्ट बीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिव कबाव सुलतानेट सँगको यो सहकार्य पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस