aarthiknews.com विहीबार, २८ जेठ २०८३   Thursday, 11 June, 2026
 

सिटी एक्सप्रेसको तीन वटा प्रदेशमा एजेन्ट मीट कार्यक्रम सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
सिटी एक्सप्रेसको तीन वटा प्रदेशमा एजेन्ट मीट कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले तीन वटा प्रदेशमा एजेन्ट मीट कार्यक्रम गरेको छ । सिटी एक्सप्रसले धनगढी, नेपालगन्ज र दाङ गरि ३ ठाउँमा आफ्नो सेवा प्रदान गर्ने एजेन्टहरुका लागि एक÷एक दिने एजेन्ट भेटघाट तथा तालिम कार्यक्रम सम्पन्न गरेको हो । 

उक्त कार्यक्रममा लुम्बिनी र सुदुरपश्चिम प्रदेशबाट उल्लेखनिय सहभागिता रहेको थियो । सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत व्यबस्थापन समूहको उपस्थिति रहेको थियो । बिगतको समिक्षा तथा आगामी वर्षको कार्ययोजना तयार गरि यस वर्षको प्रदेश ५, ६ र ७ को एजेन्ट मीट २०७७ सम्पन्न गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस