aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

तीन सय मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० चैत्र २०७७
तीन सय मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण

काठमाडौं । बैंकर्स संघको प्रदेश २ को प्रादेशिक समितिको आयोजनामा तीन सय मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ । आज जनकपुरमा अवस्थित वाणिज्य बैंकहरुद्वारा ३०० भन्दा बढी मर्चेन्टहरुलाई क्यूआर कोड हस्तान्तरण गरिएको हो । 

सो अवसरमा प्रमुख अतिथि, प्रदेश २ का सामाजिक विकास मन्त्री, माननीय नवल किशोर साहले हामी सबैले ‘डिजिटल बैंकिङ्ग’ मा जोड दिनुपर्ने बताए । यसैगरी विशिष्ठ अतिथि, गभर्नर, महाप्रसाद अधिकारीले क्विक रिस्पोन्स (क्यूआर) कोड मार्फत् हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गरिने धारणा व्यक्त गरे ।
 

प्रतिक्रिया दिनुहोस