aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

एन आई सी एशिया र सी.पी. हस्पिटलबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० असार २०७६
एन आई सी एशिया र सी.पी. हस्पिटलबीच सम्झौता

काठमाडाैं । एन आई सी एशिया बैंक र सी.पी. हस्पिटल , प्रा.लि. धनगढी, चटकपुरबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई सी.पी. हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा २०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । 

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रादेशिक कार्यालयका प्रमुख टेकराज भट्ट र सी.पी. हस्पिटलको तर्फबाट हस्पिटलका प्रशासन निर्देशक विकास मौनीले हस्ताक्षर गरेका हुन् ।

बैंकको मुलुकभर मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाई मार्फत् बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस