aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
एनसीसी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले ३६ हजार ४ सय ६२ कित्ता संस्थापक समूहको शेयरहरू बिक्री गर्ने भएको हो । 

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौंस्थित शेयर शाखामा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो । 

प्रतिक्रिया दिनुहोस