aarthiknews.com विहीबार, २८ जेठ २०८३   Thursday, 11 June, 2026
 

एनएमबि बैंकले ल्यायो प्रिपेड डलर कार्ड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
एनएमबि बैंकले ल्यायो प्रिपेड डलर कार्ड

काठमाडौं ।नेपाल राष्ट्र बैंकले डलर कार्ड बनाउन अनुमति दिएपछि विभिन्न बैंकहरुले धमाधम डलर कार्ड योजना सार्वजनिक गर्न थालेका छन् । एनएमबि बैंकले प्रिपेड कार्ड मार्फत अनलाइन कारोबार गर्ने गरी  डलर कार्ड सेवा सार्वजनिक गरेको छ। 

वार्षिक  पाँचसय डलर  वा सो बराबर अन्य परिवर्त्यय विदेशी मुद्राको प्रिपेड कार्ड मार्फत अनलाइन कारोवार गर्न सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अब एनएमबि बैंकमा आफ्नो प्यान कार्ड र नागरिकता सहित खाता खोली विदेशबाट पाइने सुविधाहरु ग्राहकले लिन सक्ने छन्। 

यसबाट भारतमा बाहेक अनलाइन प्रवाह हुने सेवाहरु जस्तै नेटफ्लिक्स, सपिङ, शिक्षा लगायत आफ्नै कार्ड प्रयोग गरी सामाजिक सञ्जाल मार्फत आफ्नो व्यवसायलाई आफैले भुक्तान गरी तत्कालै प्रवर्द्धन गर्न सकिने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस