aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
प्राप्ति

तिनाउसँग एकीकृत कारोबारपछि सिटिजन्स ११ अर्ब ६६ करोडको बैक बन्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
तिनाउसँग एकीकृत कारोबारपछि सिटिजन्स ११ अर्ब ६६ करोडको बैक बन्ने

काठमाडौं । तिनाउ विकास बैंकलाई प्राप्ति गरेको सिटिजन्स बैंकले चैत १४ गते शनिबारदेखि एकीकृत कारोबार गर्ने भएको छ । दुबै बैंकले आरूआफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पछि एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । दुबै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थिए । एक्विजिसनपछि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका नामबाट कारोबार शुरु गर्नेछ ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त, बुटवलमा प्रधान कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार आउँदो आइतबारदेखि गर्न लागको हो । 

यस अघि सिटिजन बैंकले नेपाल हाउजिङएण्ड मर्चेण्ट फाइनान्स लिमिटेड, पिपल्स फाइनान्स लिमिटेड र प्रिमियर फाइनान्स फाइनान्स लिमिटेडलाई प्रापीत गरीसकेको छ भने सिर्जना फाइनान्स पनि चालु आर्थिक वर्षभित्रै गाभ्ने तयारी गरेको बैंककी प्रवक्ता उमंंग शर्माले बताइन् । हामीले सिर्जना फाइनान्सलासँग पहिलो चरणको सममति गरी सकेका छौं,’ उनले भनिन् ‘चालु आर्थिक वर्षसम्म सो संस्थालाई पनि बैकसँग गाभ्ने काम गरिसक्ने तयारी गरिरहेका छौं । ‘सहयोगी विकास बैंक गत असारमा सिटिजन बैंकमा गाभिएको हो,’ उनले भनिन् ‘हामीले गाभेका वित्तीय संस्थामध्ये ३ वटा फाइनान्स कम्पनी, २ वटा विकास बैंक र एउटा मर्चेण्ड बैंक हो ।’

तिनाउ मिसन डेभलपमेण्ट बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ । प्राप्तिपछि बैंकको हालको डिपोजिट १ खर्ब ९ अर्ब र तिनाउको १८ अर्ब गरी जम्मा १ खर्ब २७ अर्ब निक्षेप रहने छ भने कर्जा प्र्रवाहतर्फ बैंकको ९७ अर्ब र तिनाउको ९ अर्ब गरी जम्मा १ खर्ब १२ अर्ब रुपैयाँको कर्जा लगानी भएको देखिएको छ । प्राप्ति पश्चात बैंकको कुल १६६ शाखा हुनेछ । 

सूचना प्रविधिमा आएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।एटीएम, शाखा रहित बैंकिङ, मोबाइल बैकिङ तथा इन्टरनेट बैकिङ सेवा प्रदान गर्दै आएको छ ।

पछिल्लो समय कनेक्ट आईपीएस, ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा प्रदान गर्दै आएको छ ।  रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ । 

तिनाउ विकाससँग एकीकृत कारोबार गर्नका लागि बैंकले दुबै संस्थाको विवरणलाई एउटै सफ्टवेयरबाट बारोबार गर्न डाटा मेटिगेसन गर्नुपर्ने भएकाले चैत १३ गते ३ बजेपछि १४ गतेसम्म दुबै संस्थाको बैंकिङ सेवा, एटीएम सेवा, क्रेडिट र डेबिड कार्ड सेवा, मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, होलिडे काउन्टर तथा सन्ध्याकालीन काउन्टर सेवा बन्द हुने जानकारी गराएको छ ।

२०६४ साल वैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा सिटिजन बैंक स्थापना भएको हो । अहिले मुलुकमा २७ वटा वाणिज्य बैंक छन् । 
 

प्रतिक्रिया दिनुहोस