aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 
सार्वजनिक बिदा

२०७८ मा कति पाउँछन् वित्तीय क्षेत्रका कर्मचारीले विदा ?(सूची सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १२ चैत्र २०७७
२०७८ मा कति पाउँछन् वित्तीय क्षेत्रका कर्मचारीले विदा ?(सूची सहित)

 

काठमाडौ । नेपाल राष्ट्र बैंकले नयाँ वर्ष २०७८ सालका लागि बैंक तथा वित्तीय क्षेत्रमा बिदा हुने दिनको समय तालिका सार्वजनिक गरेको छ । २०७८ सालमा बैंकका कर्मचारीले ३६ दिन सरकारी विदा पाउने भएका छन् । राष्ट्र बैंकको जनशक्ति व्यवस्थापन विभागले बैंकहरूको बिदा हुने दिन सार्वजनिक गरेको हो । बैंकका कर्मचारीले वर्षमा १३ प्रकारका बिदा पाउने भएका छन्  । 

वित्तीय क्षेत्रको क्यालेन्डरमा राष्ट्र बैंकको नियमनमा रहेका सम्पूर्ण संस्थाहरू समेतमा हुने विदा तथा कार्यसमय तोकिएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । बिहीबार राष्ट्र बैंक जनशक्ति व्यवस्थापन विगागले सूचना जारी गर्दै २०७८ सालमा बैंक तथा वित्तीय संस्था र सम्बन्धित निकायको सरकारी विदा सूची सार्वजनिक गरेको हो । सार्वजनिक विदा सूचीअनुसार बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूले २०७८ सालको दशैंको विदा ५ दिन र तिहारको विदा ४ दिन पाउनेछन् ।

विभिन्न पर्व तथा उत्सवमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले वैशाख महिनामा २ दिन, जेठ महिनामा २ दिन, भदौ महिनामा ३ दिन, असोज महिनामा ८ दिन र कात्तिक  महिनामा ६ दिन सार्वजनिक विदा पाउँछन् । असोज ३ गते संविधान दिवस र इन्द्र्रजात्रा एक्कैदिन परेको छ । साथै, मंसिर महिनामा २ दिन, माघ महिनामा १ दिन, फागुन महिनामा ३ दिन र चैत महिनामा ३ दिन सरकारी विदा बैंक तथा वित्तीय संस्थामा कर्मचारीले पाउने छन् ।

काठमाडौं उत्पकामा ४ दिन र विभिन्न धर्मावलम्वीहरूलाई थप ५ दिन सार्वजनिक विदा हुनेछ । घोडेजात्रा, मछिन्द्रनाथको भोटो देखाउने जात्रामा काठमाडौं उपत्यकामात्रै विदा हुनेछ । यो बाहेक बैंकका कर्मचारीले शनिबार बिदा पाउने नै छन् ।  सो विदा सरकारी निर्णयअनुसार परिवर्तन हुन सक्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ । 

प्रतिक्रिया दिनुहोस