aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ चैत्र २०७७
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । फागुन २८ गतेदेखि निष्कासन गरेको प्राइम कमर्सियल बैंकको ऋणपत्र खरिद गर्ने चैत १३ गते (आज) अन्तिम दिन रहेको छ । बैंकले ८ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदर भएको ३५ लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो । प्रति ऋणपत्र रू. १ हजार अंकित मूल्यको कुल कित्तामध्य २१ लाख कित्ता व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ भने १४ लाख कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।

सर्वसाधारणका लागि छुट्याईएको मध्य ५ प्रतिशतका दरले ७० हजार कित्ता ऋणपत्र भने बैंकले सामूहिक लगानीकोषका लागि छुट्याएको छ । बाँकी १३ लाख ३० हजार कित्ता सार्वजनिक निष्कासनमा आएको हो ।  सार्वजनिक निष्कासनमा आएको उक्त ऋणपत्रमा मात्र आम सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 

आवेदन दिँदा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म माग गर्न सकिनेछ । विक्री प्रबन्धकमा आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्ने न्यून कर्जा जोखिम रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस रेटिङ्ग प्रदान गरेको छ । आवेदन दिँदा विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि दिन सकिनेछ ।
 

प्रतिक्रिया दिनुहोस