aarthiknews.com विहीबार, २८ जेठ २०८३   Thursday, 11 June, 2026
 

सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन नेपाल इन्भेष्टमेण्ट बैंकको सूचना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ चैत्र २०७७
सिटी एक्सप्रेस फाइनान्सका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन नेपाल इन्भेष्टमेण्ट बैंकको सूचना

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लिमिटेडले साविक सिटि एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीहरुलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटि एक्सप्रेस फाइनान्सलाई प्राप्ती गरी गत माघ ११ गतेदेखि एकिकृत कारोबार शुरु गरेको हो ।

 प्राप्ती पश्चात सिटि एक्सप्रेस फाइनान्स लिमिटेडको नामबाट जारी भएको शेयर रद्ध गरि नेपाल इन्भेष्टमेण्ट बैंकको नामबाट अभौतिक रुपमा शेयर प्रदान गर्नुपर्ने भएकाले बैंकले शेयर अभौतिकीकरणका लागि आग्रह गरेको हो । 

साविक सिटि एक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीहरु मध्य गत माघ ११ गतेसम्म आफ्नो शेयर अभौतिकीकरण नगराएका र हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी रहेकाहरुले यथासिघ्र बैंकको कार्यालय र शेयर रजिष्ट्रार कार्यालयमा सम्पर्क गर्न बैंकले भनेको हो ।

 बैंकको शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ । गत माघ ११ गतेसम्म आफ्नो हितग्राही खातामा शेयर अभौतिकीकरण गराईसकेका शेयरधनीहरुको हकमा भने शेयर आदान प्रदान अनुपात बराबर सम्बन्धित हितग्राही खातामा शेयर जम्मा भैसकेको जानकारी समेत बैंकले गराएको छ । 

नेपाल इन्भेष्टमेण्ट बैंकले १०० बराबर ३० शेयर आदानप्रदान गर्ने सहमति अनुसार सिटि एक्सप्रेस फाइनान्सलाई प्राप्ती गरेको छ । यस आधारमा सिटि एक्सप्रेसको १०० कित्ता शेयर हुने शेयरधनीहरुले अब नेपाल इन्भेष्टमेण्ट बैंकको ३० कित्ता शेयर पाउँनेछन् ।
 

प्रतिक्रिया दिनुहोस