aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सबैको लघुवित्त र सिर्जन फाइनान्सको साधारण सभा शनिबार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १३ चैत्र २०७७
सबैको लघुवित्त र सिर्जन फाइनान्सको साधारण सभा शनिबार

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र सिर्जन फाइनान्स लिमिटेडले चैत १४ (शनिवार) वार्षिक साधारण सभा गर्दैछन् । सबैको लघुवित्तले प्रस्तावित ११ दशमलव शून्य ५ प्रतिशत लाभांशसँगै अन्य विविध प्रस्ताव पारितका लागि मस्र्याङ्दी रिभर म्यु रिसोर्ट, बन्दिपुर, तनहुमा विहान ११ बजे सभा बोलाएको हो । 

यस वर्ष सबैको लघुवित्तले १० दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १८ करोड ६४ लाख ५० हजारको आधारमा लाभांश वितरणको तयारी गरेको हो । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको लाभांशमा कमि आएको छ । गत वर्ष कम्पनीले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

सभाले लाभांश सँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै चालू आवको लागि लेखापरिक्षकको नियुक्तीलाई पनि अनुमोदन गर्नेछ । सभाले एक वा एकभन्दा बढी वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ती गर्ने सम्बन्धमा पनि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने कार्यक्रम छ । 

कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी बृद्धि गर्ने प्रस्ताव गरेको कम्पनीले सोही बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सभा प्रयोजनका लागि कम्पनीले फागुन २८ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य भएका छन् ।

त्यस्तै सिर्जन फाइनान्स लिमिटेडले २०औं वार्षिक साधारण सभा बोलाएको हो । उद्योग संगठनको सभाकक्ष, विराटनगरमा विहान ११ बजे सभा सुरु हुनेछ  । सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित लाभांश समेत पारित गर्नेछ ।

यस वर्ष कम्पनीले १३ दशमलव ५९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश दिने भएको हो । सभाले कम्पनीको शेयर संरचना परिवर्तन गरी संस्थापकतर्फ ५२ र सर्वसाधारणतर्फ ४८ प्रतिशत कायम हुने गरी प्रबन्धपत्र संशोधन समेत गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत १ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा फागुन २८ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस