aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २४ करोड

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २४ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २४ करोड

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एक अर्ब २४ करोड रुपैंया नाफा कमाएको छ । बैंकले यो आर्थिक वर्षको चैत मसान्तसम्म कमाएको यस्तो नाफा मात्रै ४५ करोड ९४ लाख रुपैंया हो ।

बैंकले गत वर्षको यही अवधिसम्ममा कमाएको यस्तोन नाफा ८५ करोड ४० लाखको तुलनामा यो नाफा ४५.२९ प्रतिशत बढी हो । यो बैंकको निक्षेप ८० अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसको कर्जा प्रवाह भने ७४ अर्ब ९६ करोड रुपैयाँ छ । 

बैंकको आधार ब्याजदर चैतसम्ममा १०.५२, पुँजीकोष ७.९६, सीसीडी अनुपात ७७.३६ प्रतिशत रहेको छ । गत त्रैमाससम्ममा यसको प्रति शेयर बजार मूल्य २३९ रुपैयाँ रहेको छ । यसको प्रति शेयर नेटवर्थ १३३.९१ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस