
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिक्री गर्ने भएको छ । बैंकले ८ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको हो ।
बैंकले २८ दिनको अवधिको लागि ५ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल वैशाख १४ गते परिपक्क हुनेछ ।
बैंकले ९१ दिनको अवधिको लागि १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार १५ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असोज १२ गते परिपक्क हुनेछ ।
प्रतिक्रिया दिनुहोस