aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सहारा विकास बैंकको हकप्रद सहित सोमबार नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
सहारा विकास बैंकको हकप्रद सहित सोमबार नेप्सेमा चार कम्पनीको शेयर सूचीकृत

काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको शेयर सूचीकृत भएको छ । सहारा विकास बैंकको हकप्रद शेयरसँगै आरएसडिसी लघुवित्त, एनएमबि लघुवित्त र पोखरा फाइनान्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

सहारा विकास बैंकले गत असोज १ गते बाँडफाँट गरेको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता अवितरित हकप्रद शेयर सोमवार नेप्सेमा सूचीकृत गराएको हो । त्यस्तै आरएसडिसी लघुवित्तले ९ प्रतिशत बोनस शेयर वापतको ६ लाख ४ हजार ३७० दशमलव ४५ कित्ता, एनएमबि लघुवित्तको १९ प्रतिशत बोनस शेयर वापतको ८ लाख ६१ हजार ८७३ दशमलव २५ कित्ता सूचिकृत भएको छ । 

त्यस्तै, पोखरा फाइनान्सको ५ प्रतिशत बोनस शेयर वापतको ४ लाख ५८ हजार ६४० दशमलव ८६ कित्ता शेयर पनि सोमवारनै नेप्सेमा सूचीकृत भएको छ । मंगलवारदेखि कारोबार योग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस