aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

स्ट्यान्डर्ड चार्टर्ड बैंकले अवार्ड पायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ चैत्र २०७७
स्ट्यान्डर्ड चार्टर्ड  बैंकले अवार्ड पायो

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल “लर्निंङ एण्ड डेभलपमेन्टमा उत्कृष्ट“ भएका कारण सम्मानित भएको छ ।  मार्च २०२१ – स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडलाई ग्रोथ सेलर्सले आयोजना गरेको एचआर मीट २०२१ मा पहिलो पटक पुरस्कार सत्रमा “लर्निंङ र डेभलपमेन्टमा उत्कृष्टता“ बाट सम्मानित गरिएको होे। एचआर परामर्श फर्म कार्यक्रममा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरू सहित २ २५० भन्दा बढीको सहभागिता रहेको थियो ।

आफ्ना कर्मचारीहरूको सीप किावसमा निरन्तर विकास गर्न र बढ्नको लागि आवश्यक प्रेरणा प्रदान गर्नका लागि गरिएको प्रयासको सम्मानका लागि यो पुरस्कार बैंकलाई प्रदान गरिएको आयोजकले जनाएको छ । 

कार्यक्रमको पहिलो दिन प्रमुख स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका सीईओ अनिरभान घोष दस्तीदार मुख्य वक्ता थिए ।  उनले “मानव संसाधन रणनीतिक साझेदारका रूपमा हाम्रो काम गर्ने तरिका बदल्ने हो” भन्ने धारणा राखेका थिए।
 

प्रतिक्रिया दिनुहोस