aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

सिभिल लघुवित्तद्वारा ग्लोबल मनी विक सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
सिभिल लघुवित्तद्वारा ग्लोबल मनी विक सम्पन्न

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले ग्लोबल मनी विकको उपलक्ष्यमा वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ । 

वित्तीय साक्षरता अन्तर्गत केन्द्रीय कार्यालय लगायत २९ जिल्लामा अवस्थित ५५ वटा शाखा कार्यालयहरुले वित्तीय साक्षरता अभिवृद्धि हुने प्लेकार्ड, ब्यानर आदी बोकी ¥यालीको समेत आयोजना गरेको थियो । 

संस्थामा आवद्ध रहेका सदस्य, समुदाय एवम् स्कुलमा अध्ययनरत छात्रछात्रामा वित्तीय साक्षरता अभिवृद्धि गराउन न्ःध्(द्दण्द्दज्ञ ले तय गरेका विषयबस्तु तथा नाराहरुमा आधारित रहेर सम्पन्न गरिएको उक्त कार्यक्रममा बचत गर्ने बानीको विकास गर्न, वित्तीय आवश्यक्ता र ब्यबस्थापन सम्बन्धी तालिम समेत प्रदान गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस