aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

एनआईसी एशिया बैंकको स्वामित्व रहेको दुई कम्पनीको शेयरमा बोलपत्र पेश गर्ने बुधवार अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १७ चैत्र २०७७
एनआईसी एशिया बैंकको स्वामित्व रहेको दुई कम्पनीको शेयरमा बोलपत्र पेश गर्ने बुधवार अन्तिम दिन

काठमाडौं । चैत १० गतेदेखि विक्रीमा आएको नेशनल लाईफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने बुधवार अन्तिम दिन रहेको छ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको यी दुई कम्पनीको संस्थापक शेयर चैत १८ गतेसम्मका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको हो । 

बैंकले नेशनल लाईफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानीकोषको ५० हजार कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको हो । बैंकले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४६६ र नागरिक लगानीकोषको प्रतिकित्ता रू. १ हजार ५४० तोकेको छ । यी कम्पनीको शेयर खरिदका लागि तोकिएका मूल्या वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

दुबै कम्पनीको शेयर खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिदको माग गर्न सकिनेछ । यी शेयर खरिद गरेका शेयरधनीहरुले चैत १० गतेपश्चात सम्बन्धीत कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश प्राप्त गर्न सक्ने समेत बैंकले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस