aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

मर्जरपछि आजदेखि शुरु हुदैं एनआईसी एशिया लघुवित्तको शेयर कारोबार , सिम्बोल के छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ चैत्र २०७७
मर्जरपछि आजदेखि शुरु हुदैं एनआईसी एशिया लघुवित्तको शेयर कारोबार , सिम्बोल के छ ?

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जर प्रयोजनका लागि रोक्का रहेको शेयर कारोबार आजदेखि सुचारु हुने भएको छ । यी दुबै कम्पनीले मर्जर पश्चात चैत ८ गतेदेखि एकिकृत कारोबार सुरु गरेका हुन । मंगलवार मर्जर पश्चात कायम २५ लाख ९४ हजार ४०० कित्ता एनआईसी एशिया लघुवित्तले नेप्सेमा सूचीकृत गराएसँगै बुधवारदेखि कारोबार सुरु हुन लागेको हो । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त १ बराबर शून्य दशमलव ९४ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन ।

बुधवारदेखि एनआईसी एशिया लघुवित्तको साविककै स्टक संकेत एनआईसिएलबिएसएल (NICLBSL) बाट शेयर कारोबार सुरु हुनेछ । नेप्सेले मर्जर पछिको पहिलो कारोबारका लागि प्रतिकित्ता रू. ७६५ दशमलव १२ को मूल्य रेञ्ज प्रदान गरेको छ । मर्जरपश्चात एनआईसी एशिया लघुवित्तको सूचीकृत शेयरसंख्या १ करोड ७३ लाख ९४ हजार ४०० कित्ता पुगेको छ ।

प्रतिक्रिया दिनुहोस