aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

किसान लघुवित्तको शेयर कारोबार फुकुवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ चैत्र २०७७
किसान लघुवित्तको शेयर कारोबार फुकुवा

काठमाडौं । बिहीवार किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्तावका विषयमा स्पष्टिकरण माग गर्दै नेप्सेले गत चैत १० गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले चैत ८ गते आइतवार शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव सहित साधारण सभा आव्हान गरेकोमा सोमवार उक्त प्रस्ताव हटाई पुनः सुचना प्रकाशन गरेको थियो । 

नेप्सेले उक्त विषयका कारण आइतवार र सोमवार कम्पनीको शेयरमूल्यमा असर परेको भन्दै मंगलवारदेखिनै कारोबार रोक्का गरेको हो । शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव प्रथम पटकको सुचनामा सार्वजनिक गरेको र दोस्रो पटक हटाएको सम्बन्धमा तीन दिनभित्र स्पष्टिकरण पेश गर्न नेप्सेले निर्देशन दिएको थियो । कम्पनीले शतप्रतिशत हकप्रद शेयरको प्रस्ताव गर्दै आइतवार प्रकासित सुचनामा अन्यथा भएको भन्दै सोमवार दोस्रो सुचना सार्वजनिक गरेको थियो । 

कम्पनीले नेप्सेको निर्देशन बमोजिम चैत १२ गतेनै स्पष्टिकरण पेश गर्दै कम्पनीको सञ्चालक समितिले पूँजी बृद्धिका लागि तय गरेको हकप्रद शेयर निष्कासनको प्रस्ताव नेपाल राष्ट्र बैंकको निर्देशनका कारण हटाउनुपरेको स्पष्ट पारेको थियो । 

कम्पनीको सञ्चालक समितिको चैत ६ गते साझ भर्चुअल माध्यमबाट बसेको बैठकले दोस्रो वार्षिक साधारण सभाको मिति, स्थान , समय र छलफलका विषयहरु तय गर्दै पूँजीकोष बृद्धिका लागि मर्जर, हकप्रद शेयर, पूनः शेयर निष्कासन जस्ता कुराहरु छलफल भएको कम्पनीको स्पष्टिकरणमा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस