काठमाडौं । बुधवारदेखि धितोपत्र दोस्रो बजारमा मर्जरपछिको कारोबार सुरु भएको एनआर्ईसी एशिया लघुवित्तको शेयरमूल्य बिहीवार ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ ।
कारोबारको पहिलो दिन बुधवार कम्पनीको शेयरमूल्य ३ दशमलव ९१ प्रतिशत अर्थात प्रतिकित्ता रू. २९ दशमलव ८८ ले बढेर अन्तिम शेयरमूल्य रू. ७९५ कायम भएको थियो । बिहीवार भने कम्पनीको शेयरमूल्य ९ दशमलव शून्य ९ प्रतिशत अर्थात प्रतिकित्ता रू. ७२ ले बढेर अन्तिम मूल्य रू. ८६७ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस