aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सानिमा इक्वीटी फण्डको खुद सम्पतिको मुल्य ११.१५ प्रति इकाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
सानिमा इक्वीटी फण्डको खुद सम्पतिको मुल्य ११.१५ प्रति इकाई

सानिमा इक्वीटी फण्डको खुद सम्पतिको मुल्य जेठ महिनामा ११ दशमलव १५ प्रति इकाई रहेको छ । जबकी अघिल्लो महिना बैशाखको अवधि भन्दा शुन्य दशमलव १९ प्रति इकाईले घटेको हो । गत चैत्र महिनामा ११ दशमलव ३४ प्रति इकाई रहेको थियो ।

सानिमा इक्वीटी फण्डले ७३ करोड १४ लाख रुपैयाँ शेयर लगानी गरेको छ । अघिल्लो महिनामा ६२ करोड ६४ लाख रुपैयाँ शेयर लगानी गरेको थियो । ऋणपत्रमा ५ करोड रुपैयाँ लगानी गरेको छ ।

सानिमा इक्वीटी फण्डले आम्दानी १६ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ भने खर्च ३ करोड ६ लाख रुपैयाँ पुगको छ ।

सुचिकृत धितोपत्रमा भएको लगानी मध्येमा वाणिज्य बैंकमा सबैभन्दा बढी सेञ्चुरी बैंक लिमिटको १ लाख ४८ हजार ३ सय ५५ कित्ता, डेभलपमेण्ड बैंकमा सबैभन्दा बढी गण्डकी विकास बैंकको ५६ हजार ८ सय ४२ कित्ता, हाइड्रोपावरमा सबैभन्दा बढी बुटवल पावर कम्पनीको २१ हजार २ सय ५५ कित्ता शेयर रहेको छ ।

त्यस्तै जीवन बीमा कम्पनीमा सबैभन्दा बढी नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २८ हजार ७ सय २० कित्ता, निर्जीवन बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्सको १५ हजार ७६ कित्ता र लघुवित्तमा सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाको २२ हजार ७ सय १५ कित्ता शेयर रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस