aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद भोलिदेखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद भोलिदेखि

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको  एक बराबर एक हकप्रद शेयरको आवेदन भोलि १२ गते खुला गर्ने  भएको छ ।  कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । 

यस हकप्रदमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रद प्रयोजनका लागि कम्पनीले असार २ गते बुक क्लोज गरेकाले असार १ गते सम्म शेयर किन्ने वा शेयर स्वामित्व हुने शेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

हकप्रद शेयर खरिदका लागि कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड , जनउत्थान सामुदायिक लघुवित्तको सम्पूर्ण शाखाहरु  र नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिन्छ । साथै, मेरो शेयर एप मार्फत पनि आवेदन दिन सकिनेछ । हाल रू. २ करोड ८८ लाख चुक्तापूँजी रहेको कम्पनीको हकप्रदपश्चात  ५ करोड ७६ लाख रुपैयाँ चुक्तापूँजी पुग्नेछ । 


 

प्रतिक्रिया दिनुहोस