काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेला बेलामा नयाँ नयाँ घोषणा गर्ने गरेका छन् । ओलीले कहिले घर घरमा ग्यासको पाइप त कहिले नेपाली झण्डा बोकेको पानी जहाज कुदाउने भनेर विवादमा आइरहन्छन ।
शुक्रबार मेलम्चीको पानी काठमाडौं उपत्यकाभित्र वितरण गरेरको उपलक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई उद्घाटन गराउने कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी ओलीले २०८१ सालभित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका छन ।
मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले अबको तीन वर्षमा यी दुई खोलाको पानी काठमाडौं उपत्यकाभित्र ल्याएर थप खानेपानीको व्यवस्था गरेर उपत्यकालाई खानेपानी अभाव मुक्त बनाउने बताए ।
प्रतिक्रिया दिनुहोस