aarthiknews.com शुक्रबार, २९ जेठ २०८३   Friday, 12 June, 2026
 

कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई क्युआर कोड वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २० चैत्र २०७७
कामना सेवाद्वारा अटो व्यवसायीहरुलाई क्युआर कोड वितरण

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवल अटो इन्जिनियरिङ एशोेसियसनको रजत जयन्ती तथा २५ औं वार्षिक साधारणसभाको अबसरमा उक्त एशोसियनमा आवद्ध अटो व्यवसायीहरुलाई क्युआर कोड वितरण गरेको छ ।    

नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवर्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले एशोसयिसनमा आवद्ध ८२७ व्यवसायीलाई क्युआर कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा करिव ५० व्यवसायीलाई क्युआर कोड वितरण गरिएको छ ।     

कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरी तथा कामना सेवा विकास बैंक बुटवल कलष्टर प्रमुख खिमलाल भुसालले संयुक्त रुपमा क्युआर कोड बुटवल अटो इन्जिनियरिङ एशोसियसनका अध्यक्ष बाबुलाल पाण्डेलाई हस्तान्तरण गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस