aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

देवः र वेष्टर्न डेभलपमेन्ट बैंकले मर्जर र लाभांश पारित गर्न साधारण सभा गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ११ असार २०७६
देवः र वेष्टर्न डेभलपमेन्ट बैंकले मर्जर र लाभांश पारित गर्न साधारण सभा गर्दै

काठमाडौं । मर्जरमा जान लागेका देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकले बिहीबार साधारण सभा गर्ने भएका छन् । देवः विकास बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने सम्झौता गरेकाले दुवै कम्पनीले साधारण सभामार्फत उक्त प्रस्ताव पारित गर्न लागेका हुन् । 
त्यस्तै देवः विकास बैंकले सभामा ५ दशमलव ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव र वेष्टर्नले १४ दशमलव ७४ प्रतिशत नगद लाभांशको प्रस्ताव अघि सारेको छ । वेष्टर्न डेभलपमेण्ट बैंकको एक शेयर बराबर देवः विकास बैंकको एक शेयर दिने गरी शेयर आदानप्रदान अनुपात कायम गर्ने सम्झौता भएको छ ।


 

प्रतिक्रिया दिनुहोस