काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८० हजार कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । कम्पनीले चैत ३१ गतेदेखि जेठ ३ गतेसम्म उक्त शेयर विक्री खुला गर्ने भएको हो ।
यो शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ६०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि आवेदन गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र जेठ ५ गते अपरान्ह ३ बजे विक्री प्रबन्धक एनआईबिएल ए िक्यापिटल लिमिटेडको कार्यालयमा खोलिने कम्पनीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस