काठमाडौं । नागरिक लगानीकोषले गत आर्थिक वर्ष ०७६/७७ को लागि लाभांश प्रस्ताव गरेको छ । कोषको चैत २१ गते विहान ७ः३० बजेको सञ्चालक समितिको बैठकले ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।
हाल कोषको चुक्तापूँजी रू. १ अर्ब ६४ करोड ६ लाख ९९ हजार रहेको छ । सोही पूँजीको आधारमा कोषको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गर्ने गरी कोषले लाभांश प्रस्ताव गरेको हो ।
प्रतिक्रिया दिनुहोस