aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त

काठमाडौं । कृषि विकास बैंकको सञ्चालकमा दिर्घराज मैनाली नियुक्त भएका छन् । मैनाली नेपाल सरकार अर्थमन्त्रालय, वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रतिनिधिको रुपमा बैंकको सञ्चालकमा नियुक्त भएका हुन । 

मैनालीलाई बैंकको चैत २२ गतेको सञ्चालक समितिको बैठकले पद तथा गोपनियताको शपथ ग्रहण गराएको छ । मैनाली अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको प्रमुख रहेका छन् । चैत १६ गतेको नेपाल सरकार मन्त्रीस्तरिय बैठकले मैनालीलाई बैंकको सञ्चालकका लागि मनोनय गरेको बैंकले नेप्सेमा जारी गरेको सुचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस