aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर लिलामीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर लिलामीमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानीकोष र नेशनल लाईफ इन्स्योरेन्सको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ ।

बैंकले नागरिक लगानीकोषको ५० हजार कित्ता र नेशनल लाईफ इन्स्योरेन्सको ५५ हजार ८६६ कित्ता संस्थापक शेयर चैत ३१ गतेसम्मका लागि विक्रीको आव्हान गरेको हो । बैंकले नेशनल लाईफ इन्स्योरेन्सको शेयरको मूल्य प्रतिकित्ता रू. ४६६ र नागरिक लगानीकोषको प्रतिकित्ता रू. १ हजार ५२९ तोकेको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । 

यस अघि पनि बैंकले चैत १० गतेदेखि १८ गतेसम्म नेशनल लाईफ इन्स्योरेन्सको ६१ हजार ३६६ र नागरिक लगानीकोषको ५० हजार कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री खुला गरेको थियो । उक्त अवधिमा नेशनल लाईफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू. ४६६ र नागरिक लगानीकोषको शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ५४० तोकेको थियो । 

दुबै कम्पनीको शेयर खरिदका लागि न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म खरिदको माग गर्न सकिनेछ । यी शेयर खरिद गरेका शेयरधनीहरुले चैत २३ गतेपश्चात सम्बन्धीत कम्पनीबाट घोषणा हुने हकप्रद शेयर, बोनस शेयर तथा लाभांश प्राप्त गर्न सक्ने समेत बैंकले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

नागरिक लगानीकोषले भने चैत २२ गतेनै यस वर्षको लाभांश घोषणा गरिसकेको छ । यसर्थ नागरिक लगानीकोषको हकमा लिलामी शेयर खरिद गर्नेहरुले लाभांश नपाउँने देखिएको छ । नागरिक लगानी कोषले गत आर्थिक वर्ष ०७६÷७७ को सञ्चित मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र ८ दशमलव ८९ प्रतिशत नगद लाभांश गरी कुल १७ दशमलव ८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

नेशनल लाईफ इन्स्योरेन्सले भने गत आर्थिक वर्षको लाभांश प्रस्ताव गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्ष ०७५÷७६ को साधारण सभा गत माघ १५ गते सम्पन्न गरेको कम्पनीले गत आवको साधारण सभा गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस