
काठमाडौं । सिभिल बैंकले ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं ११ करदाता सेवाकार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घघाटन सिद्धिचरण नगरपालीकाका मेयर मोहनकुमार श्रेष्ठले गरे ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा ओखलढुङ्गा जिल्लाका सहायक प्रमूख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन् गणका गणपति महा–सेनानीविशाल सिंह, नेपाल प्रहरीका ओखलढुङ्गा जिल्लाका प्रमुख गोविन्द पौडेल उपस्थिति रहेको थियो ।
कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमूख युगल किशोर न्यौपान, करदाता सेवा कार्यालयका प्रमुख कोसालेन्द्र रिजाल, उद्योग वाणिज्य संघ ओखलढुंगाका अध्यक्ष घनेन्द्र कुमार मास्के, ओखलढुंगा पत्रकार महासंघका अध्यक्ष दीपेन्द्र रुम्जालीको उपस्थिति थियो ।
त्यस्तै, सिभिल बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ विभागका प्रमुख भोलाबहादुर बिष्ट,सिभिल बैंक प्रदेश नं १ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी वाक्लो उपस्थिति थियो ।
अब त्यस क्षेत्रका सेवा ग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसंग सम्वन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्पmत सजिलैसंग गर्न सक्नेछन ।
पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्पmत सेवा प्रदान गरिरहेको सिभिल बैंकको यस एक्सटेन्सन काउन्टर सहितत एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस