aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 
बैंकको प्रगति

८ महिनामा बैक तथा फाइनान्स कम्पनीले कमाए ४७ अर्ब १३ करोड नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
८ महिनामा बैक तथा फाइनान्स कम्पनीले कमाए ४७ अर्ब १३ करोड नाफा

काठमाडौं । चालु आर्थिक वर्षको दोस्र्रो चौमाससम्म बैक तथा फाइनान्स कम्पनीहरूले ४७ अर्ब १३ करोड रुपैयाँ नाफा गरेका छन् । बैंक तथा फाइनान्स कम्पनीले यो अवधिमा कमाएको नाफा गत आर्थिक वर्षको सोही अवधिको भन्दा १ अर्ब १७ करोडले बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंक तथा फाइनान्स कम्पनीहरूले ४५ अर्ब ९६ करोड रुपैयाँ नाफा कमाएका थिए । वाणिज्य बैंकहरूले गत माघसम्म जम्मा ४० अर्ब ६० करोड रुपैयाँ नाफा कमाएका थिए । फागुन महिनामा आईपुगदा सो नाफा बढेर ४७ अर्ब नाघेको हो । 

चालु आर्थिक वर्षको यो अवधिसम्म सबैभन्दा कम नाफा सिभिल बैंकले कमाएको छ । सिभिल बैंकले फागुनसम्म ३३ करोड ४९ लाख नाफा गरेको छ । बैंकले गरेको नाफा गरिमा विकास बैंककोभन्दा पनि कम हो । गरिमा विकास बैकले यो अवधिमा ५३ करोड नाफा कमाएको छ महालक्ष्मीले ४ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । 

साउनदेखि फागुनसम्मको यो अवधिमा वाणिज्य बैंकहरूले ४२ अर्ब ४० करोड खुद नाफा गरेका थिए । तर, यस वर्ष भने ४१ अर्ब ९५ करोड रुपैयाँमात्रै खुद नाफा कमाएका छन् । कोभिडको असरका कारण पछिल्लो समय बैकिङ बिजनेश राम्रो भएपनि शुरुका महिनामा भने त्यति बिजनेश हुन नसकेको नेपाल बैकर्स संघका अध्यक्ष तथा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘अहिले बिजनेश राम्रो भइरहेको छ,’ उनले भने ‘बैंकहरूले राम्र्रो विजनेश पनि गरिरहेका छन् । पुँजीको अभाव छैन । अर्थतन्त्र चलायमान हुन थालेसँग बैंकको बिजनेश बढ्दा नाफा पनि बढ्न गएको हो । 

कोभिड महामारीकै बीच विकास बैंकहरूको नाफा भने बढेर दोब्बर भएको छ । विकास बैकहरूले चालु आर्थिक वर्षको यो अवधिमा ४ अर्ब २४ करोड नाफा गरेका छन् भने फाइनान्स कम्पनीहरूले ९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएका छन् । गत आर्थिक वर्षको यो अवधिसम्म विकास बैकको नाफा २ अर्ब ९५ करोड र फाइनान्स कम्पनीको नाफा ६ करोड १२ लाख रुपैयाँ रहेको थियो । 

सबैभन्दा बढी नाफा कमाउनेमा नबिल

चालु आर्थिक वर्षको दोस्रो चौमाससम्म सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ भने दोस्र्रो बढी कमाउने बैंक ग्लोबल आईएमई बनेको छ । नबिल बैंकले साउनदेखि फागुनसम्म ३ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ । बढी नाफा कमाउने बैंकको दोस्रो सूचीमा ग्लोबल बैंकले आफ्नो नाम सूचीकृत गरेको छ । बैंकले दोस्र्रो त्रैमाससम्म ३ अर्ब ८ करोड रुपैयाँ नाफा गरेको हो । सबैभन्दा कम महालक्ष्मी बैंकले 

त्यसरी नै २ अर्बभन्दा बढी नाफा कमाउने बैंकको सूचीमा एनआईसी एशिया, नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक र एनएमबी परेको छ । एनआईसी एशिया बैंकले यस वर्षको फागुनसम्म २ अर्ब ७८ करोड नाफा कमाएको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले २ अर्ब ४३ करोड नाफा कमाएको छ । प्र्राइम बैंकले २ अर्ब ४० करोड र एनएमबी बैंकले २ अर्ब १९ करोड खुद नाफा गरेको छ ।

नेपाल बैंक लिमिटेड, कृषि विकास बैक, कुमारी तथा प्रभु, सिद्धार्थ बैंकले चालु आवको यो अवधिमा डेढ अर्बभन्दा बढी नाफा कमाएका छन् । प्रभु बैंकले यस वर्षको फागनुसम्म  १ अर्ब ९८ करोड नाफा कमाएको छ भने नेपाल बैंकले १ अर्ब ९१ करोड नाफा कमाएको छ । मेगा बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ६९ करोड, कुमारी बैंकले १ अर्ब ६४ करोड नाफा कमाएको छ ।  

सानिमा बैंकले १ अर्ब ४७ करोड, एभरेष्ट बैंकले १ अर्ब ३० करोड, माछापुच्छे« बैंकले १ अर्ब ४ करोड, लक्ष्मी बैंकले १ अर्ब २ करोड, सिटिजन बैंकले १ अर्ब १२ करोड, सनराइज बैंकले १ अर्ब १५ करोड नाफा गरेका छन् । अन्य बैंकको नाफा भने अर्बभन्दा तल रहेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ 
 

प्रतिक्रिया दिनुहोस