aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

सनराइज बैंकद्वारा निशुल्क आँखा शिविर सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ चैत्र २०७७
सनराइज बैंकद्वारा निशुल्क आँखा शिविर सम्पन्न

विरगंज ।  सनराइज बैंक विरगंज शाखा र लायन्स क्लब विरगंजद्वारा  आ.एम केडिया आई अस्पतालको सहयोगमा विरगंज ३१,परसौनिमा चैत्र २१  गते निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।  

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने  उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको हो । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स  क्लब विरगंजलाई रु. १,८०,००० रकमको आर्थिक सहयोग गरेको हो । 

शिविरमा २ सय  ५० जनाको आँखा परिक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । उक्त  शिविरमा अस्पतालको ७ जना टोलिले सेवा प्रदान गर्नुभएको थियो । समस्या देखिएका १००  जनाकोसमेत निशुल्क उपचार हुने जानाएको छ ।

सनराइज बैंकले देशव्यापी रुपमा विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको र आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिदैं जाने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस