aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कालिका लघुवत्तको मुनाफामा झिनो वृद्धि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
कालिका लघुवत्तको मुनाफामा झिनो वृद्धि

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड (Kalika Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा २ करोड रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ४ दशमलव ५६ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्ष नाफा १ करोड ९२ लाख रुपैयाँ कमाएको थियो ।

१० करोड ८० लाख रुपैयाँ चुक्ता पुँजी भएको कालिकाको जगेडाकोषमा ६ करोड ७० लाख रुपैयाँ छुटाएको छ । 

कालिकाले निक्षेपमा ६७ करोड २३ लाख रुपैयाँ संकलन गरेको छ  भने कर्जामा १ अर्ब ७६ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ५९ प्रतिशतले वृद्धि गरेको छ ।

जसले खुद व्याज आम्दानीमा ४० दशमलव २९ प्रतिशतले बढेर ९ करोड ४९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ४१ दशमलव ६६ प्रतिशतले बढेर १ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

कालिका लघुवित्तको जोखिम युक्त सम्पत्ति ८ दशमलव ७५ प्रतिशत, निष्कृय कर्जा १ दशमलव २८ प्रतिशत, प्रतिशेयर आम्दानी २४ दशलमव ७५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ४७ दशमलव १७ गुणा, प्रतिशेयर नेटवर्थ १६२ दशमलव ०४ रुपैयाँ र तरलता अनुपात ७ दशमलव ७५ प्रतिशत रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस