aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल निर्वाचत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ चैत्र २०७७
डेभलपमेन्ट बैंकर्स एशोसिएसनको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल निर्वाचत

काठमाडौं । डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रद्युमन पोखरेल निर्वाचित भएका  छन् । एशोसिएसनको मंगलबार सम्पन्न १५ औं वार्षिक साधारण सभाले वर्तमान उपाध्यक्ष पोखरेललाई अध्यक्षतामा निर्वाचित गर्दै एसोसिएसमा नौं सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनले जनाएको छ ।  

एशोसिएसनको उपाध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठ, सचिवमा महालक्ष्मी विकास बैंकका सीईओ बोधराज देवकोटा र कोषाध्यक्षमा कामना सेवा विकास बैंकको सीईओ  प्रवीण बस्नेत निर्वाचित भएकाृ छन् । 

एशासिएसको पाँच सदस्यहरूमा लुम्बिनी विकास बैंकको सीईओ नरेशसिंह बोहरा, साइन रेसुंगा डेभलपमेण्ट बैंकको सीईओ प्रकाश पौडेल, ज्योति विकास बैंकको सीईओ श्रीचन्द्र भट्ट, सप्तकोशी डेभलपमेण्ट बैंक सीईओ नविन सुवेदी र ग्रीन डेभलपमेण्ट बैंकको सीईओ उमेशकुमार आचार्य छन् । एशोसिएनसमा जम्मा १५ सदस्य विकास बैँकहरु छन् । यी मध्ये १४ सदस्य विकास बैंकका सीईओको उपस्थितिमा रहेको डेभलपमेन्ट बैंकर्स एशोसिएसनले जनाएको छ । 

नवनिर्वाचित अध्यक्ष पोखरेलले विकास बैंकहरुका समस्याका बारेमा नयाँ निर्वाचित कार्यसमितिमा छलफल गरेर अघि बढ्ने बताएका छन् । उनले ९० वटा विकास बैंक घटेर २० भन्दा तल आएका छन् । यसले डेभलपमेन्ट बैंकर्स एशोसिएसनलाई झकझक्याएको छ अब विकास बैंकको अस्तित्वकै सवल भएको छ । यसले पनि डेभलपमेन्ट बैंकर्स एशोसिएसनलाई सबै विकास बैंकहरुको साझा समस्यामा एक जुट बनाउन पहल गर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस