aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

रिलायन्स फाइनान्सले बैशाख २२ गतेको लागि आव्हान ग¥यो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
रिलायन्स फाइनान्सले बैशाख २२ गतेको लागि आव्हान ग¥यो साधारण सभा

 काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले बैशाख २२ गते ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले लैनचौरा बैंक्वेट, लैनचौर, काठमाडौंमा विहान ११ बजे सभा बोलाएको हो । 

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्नुका साथै प्रस्तावित कुल १० दशमलव ५३ प्रतिशत लाभांश पारित गर्नेछ ।  कम्पनीको फागुन २० गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. ८३ करोड २४ लाख १६ हजार रहेको छ । सोही पूँजीको आधारमा लाभांश वितरण गर्ने निर्णय कम्पनीले गरेको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले ६ दशमलव ५८ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो ।

 साधारण सभा प्रयोजनका लागि कम्पनीले बैशाख १० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा बैंशाख ९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस