aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ चैत्र २०७७
महालक्ष्मी विकास बैंकद्वारा बीमा दाबी रकम हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेशनल लाईफ इन्स्योरेन्स कम्पनीबिचको सहकार्यमा बैंक शाखाकार्यालय पालुङबाट ६ लाख सातहजार पाँच सय रुपैयाँ दावी रकम हस्तान्तरण गरेको छ ।   विपन्न वर्ग तथा कृषि कर्जामा गरिएका साना कर्जा अन्तगर्तको लघु अमृत म्यादी बीमा योजनामा पर्न आएको मृत्यु हक दावी बीमा बापतको रकम हकवालालाई हस्तान्तरण गरिएको हो ।

थाहा न. पा. वार्ड नं. १० का स्व. बिष्णु मगर र थाहा न. पा, वार्ड नं. १ निवासीस्व. देगु माया बलामीको मृत्यु हक दावी बीमाबापतको रकम बराबरको ५,२५,००० रुपैयाँ हकवाला  कल्पना घर्ती हस्तान्तरण गरिएको छ । त्यस्तै   ८२,५००० हकवाला  रविन बलामीलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारी र नायव प्रबन्धक  जोनश शर्माद्धारा दुवै जना मृतकको निवासमा गई हस्तान्तरण गरिएका थिए । 
                                        


 

प्रतिक्रिया दिनुहोस