
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडमा ६ सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको चैत २५ गते सम्पन्न ८औं वार्षिक साधारण सभाबाट संस्थापक तर्फबाट ४ जना र सर्वसाधारण तर्फबाट २ जना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन ।
संस्थापकबाट प्रभु नारायण चौधरी, कमल प्रसाद बस्याल, भानुभक्त निरौला र रोशन कुमार मंडर तथा सर्वसाधारणको तर्फबाट शर्मिला राई र निमानन्द कडेल निर्वाचित भएको जानकारी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत गराएको हो ।
प्रतिक्रिया दिनुहोस