aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

आईपीओ जारी गर्न लागेको गुराँस लघुवित्तको वित्तीय अवस्था कस्तो रहयो हेरौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०८ बैशाख २०७६
आईपीओ जारी गर्न लागेको गुराँस लघुवित्तको वित्तीय अवस्था कस्तो रहयो हेरौं

गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड (Gurans Laghubitta Bittiya Sanstha Ltd.) ले तेस्रो त्रैमासमा खुद मुनाफा ६९ लाख रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको सोहिअवधिमा नाफा २० लाख रुपैयाँ नोक्सान रहेको थियो । 

५ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी भएको गुराँस लघुवित्तको जगेडाकोषमा ५२ लाख रुपैयाँ छुटाएको छ । 

गुराँस लघुवित्त वित्तीयले निक्षेपमा ९ करोड ५ लाख रुपैयाँ संकलन गरेको छ भने कर्जामा ६१ करोड ३६ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको सोहिअवधिको तुलनामा ६५ प्रतिशतले वृद्धि गरेको छ ।

जसले खुद व्याज आम्दानीमा ९० दशमलव ९० प्रतिशतले बढेर २ करोड १७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ९० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संचालन मुनाफा २० लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।

गुराँस लघुवित्तको जोखिम युक्त सम्पत्ति ९ दशमलव २२ प्रतिशत र निष्कृय कर्जा ३ दशमलव ४९ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस